विष्ट परिवारकाे सहयाेगमा भूटानी शरणार्थीमाझ दशैं विशेष सामुहिक भोजन (फाेटाे/ भिडियाे फिचर)

११ असोज २०७९/डिकेश लामा

शरणार्थी दातृ निकायले छाडे पछि विचल्नीमा परेका शरणार्थीलाई आज सामुहिकरुपमा भोजन गराइएको छ । तेस्रो मुलुक पुगेका भूटानीको सहयोगमा पितृहरुको स्मृतिमा शरणार्थी शिविरका जेष्ठ नागरिक, अशक्त र बालबालिकालाई दशैंको अवसर पारेर सामुहिक भोजन गराईएको शिविर सचिव टेकबहादुर राईले बताउनु भयो ।

जेष्ठ नागरिक भवनमा भएको कार्याक्रममा इन्ट्रा फाउण्डेशनका प्रतिनिधिको समेत उपस्थिती रहेको छ । पथरी शरणार्थी शिविरबाट आउनु भएका फाउण्डेशनका प्रतिनिधिले विष्ट परिवारको सहयोग प्रशंनीय रहेको बताएका छन् ।
अमेरिका बस्दै आउनु भएका भूटानी सिद्धबहादुर विष्टले आफ्ना पिता तथा माता कुवेर सिंह र गंगामाया विष्टको स्मृतिमा भोजन गराइएको उहाँको परिवारले जानकारी दिएका छन् । खासगरी पिता कुवेर सिंहको स्वर्गारोहण नौरथाको द्वितीय तिथिमा भएकाले सो अवसर पारेर कार्याक्रम गरिएको हो । सामुहिक भोजन कार्याक्रममा भूटानी शरणार्थी शिविरमा जोखिममा परेका झण्डै ३ सय जना शरणार्थीहरुले भोजन गर्न पाउँदा खुशी बनेको उनीहरुले बताएका छन् ।

यस अघि विष्टले शरणार्थी शिविर चामाल र आर्थिक सहयोग समेत गर्दै आउनु भएको छ । उहाँको सहयोग शिविरमा मात्र नभएर नेपालका विभिन्न क्षेत्रमा जोखिममा परेकाले सहयोग गर्दै आएको उहाँको आफन्तले जानकारी दिएको छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५४ जनामा सङ्क्रमण पुष्टि
Next post संचारकर्मी र स्वास्थ्यकर्मीबीच दशैं विशेष शुभकामना