अनुदानमा १० लाख डाेज खाेप भारतबाट ल्याइनेः भाेली देखि नै खाेप ल्याउन शुरू गरिने

काठमाडौं- भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

भारतले नेपाललाई अनुदानमा कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र  नेपालका लागि भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको बताउनु भयाे ।

राजदुत काव्त्रा पत्रकार सम्मेलनमा सम्बाेधन गर्दै

भ्याक्सिनको पहिलो खेप बिहीबार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताउनु भयाे । ‘फागुनमा आउँछ भनेको थिएँ। अब पहिलो खेप भोलि नै आउँछ। मलाई कारवाही हुँदैन होला नि? सरकारको निरन्तर प्रयास र भारतको सहयोगमा अनुदानमा नै भ्याक्सिन आउन लागेको हो,’ उहाँले बताउनु भयाे ।

औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोगको अनुमति दिइएको छ। कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन्।

 भारतीय विदेश मन्त्रालयले कोभिड महामारीसँग लड्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने असअघि नै जनाइसकेको थियो।

भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ ।

अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पेट्राेलियम पदार्थमा प्रति लिटर २ रूपयाँ बढ्याे
Next post प्रदेश नम्बर एककाे प्रदेश सभा वैठक राेकियाे