मुल्य नपाउँदा कुन्यूमै धानः झापामा धान उत्पादन घट्यो

१३ पौष २०७९/डिकेश लामा

धानको मुल्य उचित पाउन नसके पछि झापाका अधिक किसानका धान यतिखेर खेतमा राखिएको कुन्यूमै थन्किएका छन् । नेपालमा उच्च धान फल्ने जिल्ला झापामा यस बर्ष अघिल्लो बर्षको तुलनामा धानको भाउ नआए पछि किसानले धान खेतमै थन्काएका हुन् । अघिल्लो बर्ष झापाका किसानले यो वेला प्रति मन १ हजार २ सय रुपयाँसम्म धान विक्री गरेका थिए । तर यस बर्ष १ हजार मुल्यमा पनि विक्री नभएको शिवसताक्षी नगरपालिकाका किसान पदम न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार सरकारले तोकेको समर्थन मुल्यमा धान विक्री गर्न नपाउँदा समस्या भएको बताउनु भयो । अघिल्लो बर्षको तुलनामा व्यापारीले धानको मुल्य घटाए पछि समस्या भएको हो । यता व्यापारीका अनुसार धान खरिद गर्ने मिलले मुल्य नदिएकाले आफूहरुले किसानलाई उच्च दाम दिन नसकेको बताएका छन् ।

भारतीय बजारमा धानको मुल्य थोरै भएको भन्दै व्यापारीहरुले किसानलाई ठग्ने गरेका छन् । समर्थन मुल्यमा धान विक्री गर्ने केन्द्र सिमित क्षेत्रमा मात्र भएकाले किसानले सरकारले तोकेको समर्थन मुल्यमा धान विक्री गर्न नसकेको उनीहरुले बताएका छन् । जिल्लामा यो बर्ष अघिल्लो बर्ष भन्दा ९ सय हेक्टर क्षेत्रफल धान खेती घटेको छ । यसले गर्दा उत्पादकत्व बृद्धि भए पनि जम्मा उत्पादन भने घटेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार धानको उत्पादकत्व अघिल्लो बर्षको तुलनामा बढे पनि क्षेत्रफल घटेकाले जम्मा उत्पादनमा कमि भएको बताउनु भयो । अघिल्लो बर्ष झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा ४ लाख २३ हजार ९ सय ६६ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो बर्ष ८ सय ७५ हेक्टर क्षेत्रफल धान खेती घटेको छ । जसका कारण झण्डै ४ सय मेट्रिक टन धान उत्पादनमा गिरावट आएको छ ।

झापा जिल्लामा बर्षे धान मात्र बर्षेनी झण्डै ४ लाख मेट्रिक टन उत्पादन हुने गर्छ । तर उचित मुल्यमा धान विक्री गर्न नसक्दा धेरै किसान खेतीबाटै विस्थापित हुनु पर्ने अवस्था आएको उनीहरुले दुखेसो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुस १७ गते प्रदेश सभाको प्रथम अधिवेशन आह्वान
Next post चीन र भारतमा देखा परेकाे नयाँ भेरियन्ट बीएफ डट सेभेनले नेपालमा पनि जाेखिम बढ्दै