ग्रामिण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर बढ्दैः वेलैमा जाँच गर्दा निकाे हुन्छ क्यान्सर

२१ माघ २०७९/झापा
झापाका ग्रामिण क्षेत्रका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएको पाइएको छ । आज झापाको दमकमा आयोजित विश्व क्यान्सर दिवशको अवसरमा क्यान्सर तथा स्त्री रोगसँग सम्बन्धित डाक्टरहरुले महिलामा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको बताएका छन् ।


जिल्ला स्तरीय दमक अस्पतालमा आएका विभिन्न क्षेत्रका २ सय जना महिलाको परिक्षणमा झण्डै १० प्रतिशतमा क्यान्सर पोजिटिभ भएको स्त्री तथा प्रस्तुरी रोग विशेषज्ञ डा. तृप्ती कुँवरले बताउनु भयो । डा. कुँवरका अनुसार वेलैमा परिक्षण गरेर उपचार गर्दा पाठेघरकाे क्यान्सर निकाे हुने भएकाले ३० बर्ष माथिका महिलाहरूले वेला वेला परिक्षण गर्न अावश्यक रहेकाे उहाँले बताउनु भयाे ।

दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्याक्रममा समाजमा क्यान्सर रोग निको हुँदैन भन्ने मानसिकताका कारण पनि मानिसमा वेलैमा रोगको परिक्षण नगराउने गरेको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो । यस्तै रोग लागे सके पछि पनि उनीहरुलाई सामाजिक गतिविधिमा संलग्न गराउने र मनोरञ्जन तर्फ जोड दिने हो भने क्यान्सर रोगी पनि धेरै बाँच्न सक्ने आम्दा अस्पतालका डा. नमिन ढकालले बताउनु भयो ।


बढ्दैछ चुनौती क्यान्सरको पहुँच बढाऔं स्याहारको भन्ने नारालाई सार्थक बनाउन रोग लाग्न नदिन खानपान देखि शारीरिक व्यायामसम्म ध्यान दिनु पर्ने विभिन्न अस्पतालका डाक्टरहरुले बताएका छन् । यस्तै कार्याक्रममा पूर्वी नेपालमा उपचार केन्द्र भन्दा पनि परिक्षण गर्ने ल्याब सेन्टर स्थापना गर्नु पर्नेमा जोड दिइएको छ । कार्याक्रमका शाखाका प्रमुख बद्रि बरालले क्यान्सरको अवस्थाबारे तथ्याङक प्रस्तुत गर्नु भयो । यस्तै अन्य प्रकारका रोग निको पार्न सरकारले ल्याएको कार्याक्रम प्रति स्वयम् स्वास्थ्यकर्मी समेत अग्रसर भएर अषौधी सेवनमा नलागे हात्ती पाइले जस्ता रोग समेत निराकरण गर्न समस्या भएको सिनियर अहेव नगेन्द्र भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
Next post लामिछानेकाे अभिव्यक्ती प्रति सवै तिर भत्सर्नाः महासंघले भन्याे अप्रीय घटना भए छामिछानेले जिम्मा लिनु पर्छ