प्रधानमन्त्री दाहाललाई तीन महिनामा दोस्रो पटक विश्वासको मत प्राप्त

६ चैत्र २०७९,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत परेको थियो । यस्तै विपक्षमा ८९ मत परेकाे छ ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो ।

यसअघि पुस ११ मा शपथ लिएका दाहालले पुस २६ मा विश्वासको मत लिनु भएकाे थियाे । त्यतिबेला सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायत थिए । सत्तारुढ दलहरूको संख्या पाँच थियो भने विश्वासको मत नदिने सांसदहरूको संख्या भने २ मात्रै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाको १३ मध्ये १० वटा क्याम्पसमा शान्तिपूर्वक स्ववियूको निर्वाचन सम्पन्न (फाेटाे फिचर)
Next post पशु व्यवसायमा गिरावटः पहाडबाट ल्याइने पशुचौपाय घट्दो (फाेटाे फिचर)