पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापन पत्र पेस
२३ चैत २०७९,काठमाण्डाैं– नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा काेशी प्रदेशको पूनर्नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् ।
किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थिति र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गरिएको छ ।
प्रदेशकाे नाम सच्याउन गरिएकाे अान्दाेलनकाे क्रममा यस अघि लाजेहाङ लिम्बु पदमकाे ज्यान गएकाे थियाे । प्रदेश सरकारले लिम्बुलाइ यस अघि राहत स्वरूप ३ लाख प्रदान गरेकाे थियाे ।