शैनिक ‘कू’ काे विराेध गर्न राष्ट्रसंघकाे आग्रह

२२ माघ २०७७, एजेन्सी– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले म्यान्मारमा भएको सैनिक ‘कू’ को विरोध गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

महासचिवले सैनिक ‘कू’ असफल रहने भन्दै यसको जनस्तरबाट प्रतिरोध भएको बताउनु भयो । निर्वाचनको परिणाम उल्ट्याउने कार्य स्वीकार्य नभएको भन्दै महासचिव गुटेरसले सैनिक ‘कू’ को निन्दा गर्नुभएकाे छ ।

यसैबीच, सेनाद्वारा सत्ता हत्याइएको विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा छलफल भइरहेको छ ।

परिषद्ले सैनिक कुका विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘कू’ को निन्दा गर्ने विषयमा राष्ट्रसंघका एक सदस्य चीनले औपचारिक धारणा अझै सार्बजनिक गरेको छैन ।

सैनिक हिरासतमा राखिएकी नेतृ आङ साङ सुकीलाई विभिन्न आरोप लगाउँदै सैनिक शासकले वहाँ विरुद्ध मुद्धा दर्ता गरेको छ ।

राष्ट्रपति विन मिन्ट लगायत अन्य नेताहरुलाई पनि सैनिक नियन्त्रणमै राखिएको छ । ‘कू’ पछि सत्ताको नेतृत्व सेना प्रमुख मिन आङ हियाङले गरेका छन् । शैनिक कुकाे विषयमा विश्वका धेरै मुलुकले विराेध गर्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज नेपालमा २२७ निकाे, १७१ संक्रमित
Next post कोरोना भाइरस खोप: ‘अक्सफोर्ड खोपले गम्भीर रोगमात्र होइन सङ्क्रमण पनि रोक्छ’