नक्कली भूटानी शरणार्थी प्रकरणमा ‘बादल’ का सल्लाहकार राई पक्राउ

१९ वैशाख २०८०,काठमाडौँ- नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजित राई पक्राउ परेका छन् । उनी पूर्व गृहमन्त्री  रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार पनि रहेका थिए ।

राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिनुभयो । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा यसअघि प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ ।

यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ पुगेको छ । यता गैर भूटानीलाई शरणार्थी बनाएर तेस्राे मुलुक पठाए पछि छाडिएका खाटी भूटानीकाे भने विच्लनी परेकाे छ । अझै पनि १ हजार भन्दा धेरै भूटानीहरूले दर्ता नभएकाे र कसैकाे नाममा अर्कैले फाेटाे खिचाएर नक्कली शरणार्थी बनेर अमेरिका लगायतका देशमा पुगिसकेकाे पीडित शरणार्थीहरूले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सरकार र महावीर पुनबीच ७ बुँदे सहमति‚ नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कोष स्थापना गरिने
Next post नेपालकाे क्रिकेट खेलमा एतिहासिक जीतः एसिया कपमा छनोट