प्रेस क्लबको भवन शिलान्यासः पत्रकारिता प्रशिक्षण शुरु

६ जेष्ठ २०८०,झापा– भद्रपुर नगरपालिका क्षेत्रमा क्रियाशिल सन्चारकर्मीहरु आबद्ध रहेको भद्रपुर प्रेस क्लवको भवनको आज (शनिबार) शिलान्यास भएको छ । झापाको चन्द्रगढीस्थित नेपाल पत्रकार महासंघ भवनको माथिल्लो तलामा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् ।

पच्चीस लाख रुपैयाँको लागतमा कार्यक्रम हलसहित क्लबको कार्यालय कोठा निर्माण गर्ने लक्ष्य रहेको भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शङ्करले बताउनु भयाे । प्रेस क्लबको भवन शिलान्याससँगै सन्चारकर्मीको क्षमता बिकास गर्ने उद्देश्यले दुइ दिने आधारभुत पत्रकारिता प्रशिक्षण भद्रपुर स्थित होटल उडल्यान्डमा शुरु  भएको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण उदघाटन कार्यक्रममा प्रमुख अतिथि पोखरेल, पूर्वमन्त्री ओम प्रकाश सरावगी, वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा गौरव, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी र  नेउबा संघका पुर्व प्रदेश अध्यक्ष टिकाराज ढकालले शुभकामना मन्तब्य राखेका छन् ।

भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शङ्करको अध्यक्षताभएको कार्यक्रममा स्वागत गोबिन्द चन्दक्षेत्री र सञ्चालन डिल्लीरमण नेपालले  गरेका छन्  । दुइ दिवसीय पत्रकारिता प्रशिक्षणको पहिलो दिनको सहजिकरण पत्रकार युवराज गौतमले गर्नु भएकाे छ । दोस्रो दिनक लागि नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थी शिविर वेलडाँगीमा पुस्तकालय उद्घाटन (फाेटाे फिचर)
Next post प्रविधि मैत्री मर्यादित पत्रकारितामा जोड दिन कार्यशाला