कोशी प्रदेशको मुख्य मन्त्रीमा कांग्रेश नेता थापा नियुक्त

२१ असार २०८०,मोरङ – कोशीमा प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएकाे छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरिएकाे छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएकाे हाे ।

नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताउनु भयाे  ।  एमाले र राप्रपाका सांसदहरुले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गर्न नमिल्ने दावी गर्दै आएका छन् । एमालेका प्रदेश सांसद तथा अधिवक्ता लिलाबल्लभ अधिकारीले सरकार गठनका दावी पेस गर्न सभामुख गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर सभामुखको तटस्थता भंग भएको दावी गर्नु भयाे ।

सभामुख प्रदेशसभामा दल त्याग गरेर तटस्थ हुँदा पनि निर्वाचन आयोगको तथ्यांक अनुसार यस प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसदको संख्या १३ रहेकोलाई संवैधानिक र कानुनी रुपमा अस्विकार गर्ने अवस्था नरहेको गठबन्धन दलका सांसदहरुको भनाइ छ । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दावी पेस गर्न बिहीबार साँझ ५ वजेसम्मका लागि समय दिनु भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एसइई नतिजा परिणाम सुधाराेन्मुख माथिल्लो ग्रेड ल्याउने विद्यार्थीकाे संख्या बढ्याे
Next post २४ कराेड ठगेर फरार हुने गाैरादहका विश्वकर्मालाई तत्काल पक्राउ गर्न माग