खाेलामा डुवेर झापामा एकै दिन ३ जनाकाे मृत्यु

२५ साउन २०८०, झापा– झापाको कनकाई नगरपालिकामा आज दिउसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको निधन भएको छ ।
स्थानीय बिजय भुजेलकी ४ बर्षिय छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका अढाई बर्षीय छोरा अनमोल जोगीको भैसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्ने क्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले जानकारी दिनु भयो ।

दुबै घरका अभिभावहरु जनमन गर्न अन्यत्र गएको र बच्चाहरु खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चा डुबेर मृत्यु भएको गाउँमा थ्रोत्रा सामाग्री संकलन गर्न हिडनेहरुले देखेर स्थानीयलाई खबर गरे पछि थाहा भएकाे स्थानीय बासिन्दाले बताएका छन् ।

यसैगरी साढे २ बजे तिर अदुवा खोलामा वेपत्ता भएका कचनकवल गाउँपालिका वडा नं. १ निवासी ८० बर्षीय नरबहादुर राई मृत फेला परेका छन् । वेपत्ताको खोजी गर्न कोशी प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी झापाबाट समेत टोली खटाइएको थियो । राईको लाश वेलुका साढे ६ बजे तिर घेराबारी पुल मुनी फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक नगरले वितरण गर्यो निशुल्क चश्मा
Next post संखुवासभा कारागारकाे कैदी मृत्यु घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमाः गृहकाे टाेलीबाट छानविन शुरू