चुरे क्षेत्रमा बस्ती बसेपछि पहिलो पटक खानेपानी संचालनले खुशीयालीः विपन्नलाई धारा जाेड्नै समस्या (फाेटाे फिचर)

२५ भदौ २०८०/डिकेश लामा

यस अघि काकाकुल जस्तो पानी खोजेर जोहो गर्नु गाउँमा बस्ती बसेको बर्षौं पछि खानेपानी संचालनमा आएको छ । उच्च भूभागलाई लक्षित गरी सरकारको सयहोगमा निर्माण थालेको योजना ६ बर्षमा नुनपानी खानेपानी योजना संचालनमा आएसँगै चुरे क्षेत्र दोमुखा बस्तीमा खुशीयाली छाएको छ ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० को चुरे क्षेत्रमा पर्ने दोमुखा बस्तीमा २ महिना अघिसम्म पानीको जो हो गर्न सामुहिक ट्यूवेलमा पालो पर्खेर बस्नु पथ्र्यो । बर्षौं पछि पहिलो पटक खानेपानी योजना संचालनमा आएसँगै यस अघि डोकोबाट गाग्रीमा पानी बोकेर घण्टौं समय खर्च गर्नु पर्ने बाध्यता सँधैका लागि समाप्त भएको भन्दै स्थानीय बासिन्दा खुशी बनेका छन् । गएको जेष्ठ महिनाबाट संचालन भएको खानेपानी संचालनमा आए पछि अहिले गाउँलेहरुले धमाधम खानेपानी जडान गर्न थालेका छन् । स्थानीय बुद्धमाया लावातीका अनुसार यस खानेपानी संचालनमा आउनु अघि १ घण्टा समय खर्चेर गाउँले मिलेर गाडेको सामुहिक ट्यूवलबाट पालो पर्खेर पानी खानु पर्ने बाध्यता थियो । तर अहिले आफूहरुलाई धेरै सहज भएको उहाँले बताउनु भयो । यस्तै पानी नहुँदाको पीडा र दुृःख लामो समय पछि घर घरमा धारा आए पछि विर्सन थालेको स्थानीय इक्शा लिम्बुले बताउनु भयो ।

खानेपानी संचालन नहुँदा पानी थाप्नेकाे भीड

संघीय सरकारले ५ बर्ष देखि थालेको दोमुखा नुनमाटी खानेपानी योजनामा झण्डै ढेड करोड बजेट खर्च भइसकेको छ । सिंगो वडा नं. १० का १ हजार ३ सय घर परिवारलाई लक्षित गरी खानेपानी योजना थालिएको र हालसम्म १ सय १३ घरमा धारा जडान भइसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार धारा जडान प्रकृया भइरहेको छ । शुरुमा ७ हजार १ सय रुपयाँ रकम शुल्क लाग्ने भएकाले कतिपय आर्थिक अवस्था कम्जोर हुनेले भने धारा जडान गर्न सकेका छैनन् । खानेपानी संचालन, मर्मतका लागि मिटर दिने र जडान वापत शुल्क लिएको अध्यक्ष बस्नेतले बताउनु भयो । पानी राम्रो आएको छ । बस्नेतले भन्नु भयो, ‘बस्ती बसेको बषौंं पछि खानीपानी संचालन गर्न सकियो । झापाको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य दुई पटक सांसदमा विजयी हुनु भएका एलपी साँवाको पहलमा पहिलो पटक खानेपानीको कुराकानी चलाइएको हो । संघीयता पछि आएको नयाँ संरचनाले दिलाएको खानेपानी वास्तवमा सो क्षेत्रमा बस्ती बसोवास भएको झण्डै ७ दशक पछि खानेपानी आएको हो ।’ तर अझै पनि धेरै विपन्न परिवारले भने खानेपानी जडान गर्न सकेका छैनन् ।

दाेमुखा दक्षिणी बस्ती

पूर्व पश्चिम महेन्द्र राजमार्ग उत्तर तराई क्षेत्र भए पनि उच्च भूभाग अधिक रहेका छन् । उच्च भूभागमा खानेपानी विस्तार गर्न बजेट पनि धेरै लाग्ने गरेको छ । आफू २०२४ सालमा आउँदा बस्ती बसिसकेको थियो । हाल रतुवामाइ बृक्षरोपण आयोजनाको जंगल क्षेत्रसम्म बस्ती थियो । त्यस वेला देखि कुवा र खोल्छीको पानी खाएको अनुभव भएका स्थानीय जेष्ठ नागरिक धनबहादुर लिम्बुले भने अझै खानेपानी जोड्नु भएको छैन । लावातीका अनुसार आफूसँग पैसा भएको दिन मात्रै खानेपानी पानी जोड्ने बताउनु भयो । सारासन्देश समाचारको टीमसँग कुराकानी गर्दै लिम्बु भन्नु भयो, ‘खानेपानी आउँदा अरु त खुशी, आफू त केको खुशी, पानी नै जोडेको छुइन, पैसा नभएर ।’ कन्काइ नहरको डीलमा शितल तापेर बस्नु भएका लिम्बुले पैसा भएको दिन मात्रै खानेपानी जोड्ने बताउनु भयो । लिम्बु जस्तै अार्थिक अवस्था कम्जाेर भएका धेरै घर परिवारले धारा जडान गर्न सकेका छैनन् । अवस्था कम्जाेर हुनेलाइ निशुल्क धारा जडान गरिदिए सरकारकाे ठूलाे सहयाेग हुने लिम्बुले बताउनु भयाे ।

स्थानीय जेष्ठ नागरिक धनबहादुर लावती

खानेपानीको पहँुच पुग्न नसकेका जिल्लाका उच्च भूभागलाई लक्षित गरी झापामा अझै पनि धेरै वटा योजना निर्माणधीन अवस्थामा रहेका छन् । आवश्यक बजेट समयमा नपाउँदा लामो समयसम्म पनि योजना संचालनमा ल्याउन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशीका मुख्यमन्त्री उद्धव थापा असंवैधानिक भएकाे भन्दै पदमुक्तःएमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश
Next post दुर्घटनामा प्रिन्सीपल सुवेदीको मृत्यु