झापामा प्राङगरिक मलको व्यवसाय बढ्दैः सरकारको २ करोड अनुदानमा दुई वटा कारखाना समेत संचालनमा (फाेटाे फिचर)

२६ भदौ २०८०/बालदिवश तामाङ

प्राङगरिक खेतीमा लागेका झापाका केही किसानले व्यवसायिकरुपमा प्राङगरिक मल समेत उत्पादन गर्न थालेका छन् । प्रति क्वीन्टल ३ हजार रुपयाँमा धमाधम विक्री हुन थाले पछि किसानले प्राङगरिक खेती गर्ने किसानलाई लक्षित गरी मल उत्पादन थालेका हुन् ।माटो र पर्यावरणलाई ध्यान दिँदै प्राङगरिक खेतीमा लागेका झापाका किसानले मलको समेत व्यवसाय गर्न थालेका छन् । रासायनिक मलको विकल्पको खोजीमा लागेका किसानले प्राङगरिक मलको माग गर्न थाले पछि मल उत्पादन गरेर विक्री समेत गर्न थालेको दमक वडा नं. ९ की किसान चम्पाकुमारी अधिकारी खनालले बताउनु भयो । खनालका अनुसार अघिल्लो बर्ष २ लाख मुल्यको मल विक्री गर्न सफल भएको बताउनु भयो । यो बर्ष मलको माग अझ बढेर गएको बताउनु भयो ।


सरकारले समेत सहयोग गरे पछि ठूलो परिमाण मल उत्पादन गर्ने किसान तथा कृषि सहकारी संस्थाले भर्मिक कम्पोष्ट घर नै बनाएर मल उत्पादन थालेका छन् । गडेउलाको सहयोगमा झार पात र पशुचौपायको मलबाट गडेउले मल उत्पादन गर्दै आएको सेतुमारी कृषि सहकारी संस्थाका कर्मचारी सुरज सुनुवारले बताउनु भयो । सुनुवारका अनुसार खेतीका लागि चाहिने मल आफै उत्पादन गर्दै आएको बताउनु भयो ।

त्यसो त केही बर्ष यता प्राङगरिक खेती गर्ने किसानलाई लक्षित गरी सरकारले समेत प्राङगरिक मल उत्पादनमा जोड दिएको छ । जिल्लामा उत्पादनमा आधारित अनुदान समेतको कार्याक्रम संचालन गरिएको छ । गएको बर्ष २ करोड बजेट मल उत्पादनका लागि नै विनियोजन गरी मल उत्पादन थालिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार बुद्धशान्ति र विर्तामोडमा मल उत्पादन कारखानाको भवन निर्माण गरी उत्पादन समेत थालिएको छ ।


झापा कृषि संघ संस्थाहरुले मात्र प्राङगरिक मल उत्पादन गरी विक्री गर्दै आएका थिए । तर प्राङगरिक मलको पनि माग बढ्न थाले पछि किसान समेत व्यवसायिकरुपमा मल उत्पादन थालेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शीर्ष शालीन नेता सुवासचन्द्र नेम्बाङको हृद्दयघातबाट निधन
Next post वेमौषमी तरकारीबालीको वेग्लै आकार्षणः मौषमी भन्दा ५ गुणा बढी मुल्यमा विक्री (फाेटाे फिचर)