झापाका किसानबाट चाडबाड लक्षित तरकारी खेतीमा जोड

७ असोज २०८०/डिकेश लामा
झापामा पछिल्लो समय किसानले चाडबाड लक्षित खेतीलाई समेत जोड दिन थालेका छन् । खासगरी दशैं, तिहार र छटमा विक्री हुने तरकारीबालीबाट राम्रो आम्दानी हुने भए पछि किसानले चाडबाड लक्षित खेतीलाई जोड दिएका हुन् । झापाको दमक वडा नं. ९ मा संचालित सेतुमारी कृषि सहकारी संस्थाले यतिखेर वेमौषमी काँक्रा, बोडी लौका र अन्य तरकारी बाली रोप्न थालेका छन् । चाडबाडमा विक्री गर्ने हिसावमा यतिखेर धमाधम तरकारी खेती गरेको किसानले बताएका छन् । कमल गाउँपालिका वडा नं. १ बाह्रविगेका किसान लोकबहादुर पाण्डेका अनुसार यतिखेर रोप्न थालेको सागसव्जीले दशैं, तिहार र छटमा राम्रो मुल्य पाउने गरेको छ । गत बर्ष छटमा लौका विक्रीबाट राम्रो आम्दानी गर्न सफल उहाँले यस बर्ष पनि चाडबाड लक्षित तरकारी खेती थाल्नु भएको छ ।

कमल गाउँपालिका वडा नं. २ सिमलडाँगीका सफल किसान सरीता पाैडेल

यस्तै कमल गाउँपालिकाका धेरै किसान समेत तरकारी बाली खेतीमा निर्भर भएका छन् । उनीहरुले वेमौषमी र चाडबाडमा ताजा तरकारी निकाल्दा राम्रो मुल्य पाउने भएकाले खेती गरेको लामो समय देखि व्यवसायिक तरकारी खेती गर्दै आउनु भएकी कमल गाउँपालिका सिमलडाँगीकी अगुवा किसान सरिता पौडेलले बताउनु भयो । पौडेलका अनुसार सागसव्जी खेतीबाट ९ जनाको परिवारको खर्च व्यवस्थापन गर्न सकिएको छ । गर्न सक्दा विदेशमा जति कमाई स्वदेशमै बसेर गर्न सकिने उहाँले बताउनु भयो ।

त्यसो त धान वा मकै बाली भन्दा गर्न सक्दा राम्रो आम्दानी हुने गरेको छ । आम्दानीको दृष्टिकोणबाट पनि किसानले तरकारी खेतीलाई जोड दिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार वेमौषमी तरकारीबाट राम्रो आम्दानी हुन थाले पछि किसानहरु तरकारी खेतीमा लागेका छन् । २ बर्ष यता झण्डै १ हजार हेक्टर क्षेत्रफल तरकारी खेती विस्तार भईसकेको छ ।

झापा जिल्लामा २ बर्ष यता व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएका छन् । १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने जिल्लामा किसानले वेमौषमी र चाडबाड लक्षित खेतीलाई समेत जोड दिन थालेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाको पुरानो धार्मिक पर्यटकीय क्षेत्र दोमुखाको मुहार फेरिँदै (फाेटाे फिचर)
Next post सरकारले चासाे नदिए पूर्वपश्चिम रेलमार्ग प्रभावितहरूले आन्दोलन गर्ने