११ फाल्गुन २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा १ सय २ जना निकाे भएका छन् । यसै गरी १ सय १० जना कोरोनाका नयाँ सङक्रमित थपिएका छन् । ३ हजार २ सय १८ वटा पीसीआर परीक्षण गर्दा १ सय १० जना संक्रमित भेटिएका हुन् ।

हाल सक्रिय सङक्रमित १ हजार ५ सय ३३ जना रहेका छन् । कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या २ हजार ६९ जना पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *