दमकमा हटाइएकाे मानिस वास्तविक सुकुम्बासी हाेइनन्ः मेयर ओली

२९ चैत्र २०७७, झापा / दमक नगरपालिकाले नगर क्षेत्रबाट वास्तविक सुकुम्बासीलाइ नहटाइएकाे जनाएकाे छ । आज एक पत्रकार सम्मेलन गर्दै हालै नगर क्षेत्रबाट हटाइएका मानिसहरू सुकुम्बासी नभएकाे दावी गरेकाे छ । यदि वास्तविक सुकुम्बासीलाई बसोबासको व्यवस्था गर्न प्रतिबद्ध रहेको जनाएको छ । नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अति विपन्नहरुलाई बैकल्पिक घरको ब्यवस्था गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको हो । पत्रकार भेटघाटमा नगर प्रमुख रोमनाथ ओलीले सुकुम्बासीको भावनामा खेलवाड गर्दै पछिल्लो समय नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बर्षौदेखि बनाइएको व्यक्तिका घर टहरा हटाएर खाली गराउने बिषयमा अवरोध नगर्न आग्रह गर्नु भयाे । उहाँले हालै हटाइका मानिसहरू वास्तविक सुकुम्बासी नभएकाे बताउनु भयाे । यदि वास्तविक सुकुम्बासी भए त्यसकाे व्यवस्थापन गर्न नगरपालिका सँधै तत्पर रहेकाे बताउनु भयाे ।

२०७१ सालदेखि बारम्बार यस क्षेत्रका राजनीतिक दल एवं पुर्व नगर प्रमुख एवं जनप्रतिनिधिहरुले पटकपटक सार्वजनिक नगरको जमिन संरक्षण गर्न सहमति जनाएको समेत बताइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर प्रधानमन्त्रीको गृह नगरमा सकुम्बासीहरुको घरमा डोजर लगाएको बिषय पछिल्लो समय सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमहरुमा एकोहोरो रुपमा आइरहेको प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको र वास्तविकता त्यस्तो नरहेको प्रमुख ओलीले बताउनु भयाे ।

आधा दर्जनभन्दा बढि सुकुम्बासी घर परिवारहरु एक बर्ष अघि नै नयाँ बस्तिमा बनेको घरमा गएर बसेको र केहीले आफै ब्यवस्थापन हुने भनेपछि आर्थिक सहयोग समेत नगरपालिकाले गरेको उपप्रमुख गीता अधिकारीले बताउनु भयाे । हामीले घर बस्न चाहनेलाई नमुना बस्तिमा घर र नचाहनेलाई घरभाडा बापत रकम पनि दिएका छौ– उपप्रमुख अधिकारीले भन्नु भयाे । उहाँले दमक ७ स्थित हाल खाली गराइदै गरेको क्षेत्रमा बन्ने नयाँ सपिङ कम्प्लेक्समा सोही ठाउँमा यस अघि व्यवसाय गरेर बसेका व्यवसायीहरुलाई नै पहिलो प्राथमिकता दिइने उपप्रमुख अधिकारीले बताउनु भयाे ।

घर भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली

तर यता दमक– ७ स्थित सुकुम्बासी बस्ती पञ्चमुखी टोलका केही घर परिवार भने समस्यामा छन् ।

पञ्चमुखी टोलमा नगरपालिकाले शनिबार सात घर भत्कायो र घरभित्र भएका सबै सामान लगिदियो । लत्ताकपडा, ओड्ने–ओछ्याउने, भएका खाद्यसामग्री सबै लगिदिए पछि उनीहरू अहिले एकसरो लुगामा मात्र छन् । उनीहरू खुल्ला अाकाश मुनी पाल टाँगेर खाने बस्ने र सुत्नु पर्ने समस्यामा छन् ।

छिमेकीले केही चामल र दाल दिएका छन् । उनीहरूले च्यातिएको त्रिपाल टाँगेर खाना पकाउने ठाउँ बनाएका छन् । घरविहीन बनेका सात परिवार सामूहिक खाना खान्छन् । खुला आकाशमुनि सुत्नुपरेको हैन अब कसरी जीवन चलाउने भन्ने चिन्ताले रातभर निदाउन दिँदैन ।

खुला आकाशमुनि सुत्दाका उनीहरूका पीडा धेरै छन् । ‘रातभर लामखुट्टेले टोकेर सुत्न सकिँदैन,’ विमला विश्वकर्मा भन्छिन्, ‘त्योभन्दा पनि पीरले निद्रै लाग्दैन । खुला आकाशमुनि सुतेका छौँ । ओड्ने र ओछ्याउने केही छैन,’ विमला भन्छिन्, ‘धन्न ! साना केटाकेटीलाई छिमेकीले सुत्ने ठाउँ दिएका छन् ।

घर भत्काएपछि सुकुम्बासी बालबालिकाको बिजोग भएको छ । आफ्नो घर किन भत्कियो भनेर थाहा समेत नपाएका बालबालिकाले न समयमा खान पाएका छन् न त राम्रो ओछ्यानमा सुत्न नै पाएका छन् ।

बालबालिकाको विद्यालय लागिरहेको छ । तर, उनीहरूको पोसाक, किताब कहाँ छन् थाहा छैन । ‘अब केटाकेटीलाई कसरी स्कुल पठाउने ? उनीहरूको किताब कहाँ पुग्यो,’ सुकुम्बासी मुना सम्बाहाम्फे भन्छिन्, ‘केटाकेटीको स्कुल पनि बिग्रिने भयो । नगरपालिकाले नानीहरूका लागि त सोच्नुपर्छ नि !’

सुकुम्बासी बस्तीमा नगरपालिकाले डोजर चलाएपछि नेकपा माओवादी केन्द्र दमक नगर समितिले आपत्ति जनाएको छ । सुकुम्बासी र भूमिहीनको नारा लिएको कम्युनिस्ट सरकारले सुकुम्बासीमाथि प्रहार गरेको भन्दै माओवादी केन्द्रले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३०३ जनामा संक्रमण
Next post दमक अस्पतालमा जिन एक्सपोर्ट सेवा शुरु