0 0
Read Time:1 Minute, 20 Second

९ श्रावणा २०७८, झापा– स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित झापाका एक व्यक्ति पक्राउ परेका छन् । शनिबार मध्यान्ह १२ बजे इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका २ बेलाइतिबारीका ५० बर्षीय गौरी मण्डल पक्राउ परेका छन् ।  भारतबाट लुकीछिपी नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले मण्डललाई ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । कुन प्रयोजनका लागि भारतबाट उक्त रकम नेपालतर्फ ल्याउँदै गरेकोबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले पक्राउ गरेको हाे । प्रहरीले उनी चढेको मोटरसाइकललाई रोकेर चेकिङ गर्नेक्रममा साे रकम भेटिएकाे बताइएकाे छ ।
स्राेत खुल्न नसकेकाे साे  रकम हुण्डी कारोबारमा प्रयोग हुनसक्ने आशंका रहेकाे प्रहरीले जनाएकाे छ ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *