Read Time:1 Minute, 23 Second

२३ भदाै २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९ हजार ७ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ४७ र ३ हजार ६ सय ८८ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ लाख ७३ हजार ५ सय २९ पुगेको छ । यस्तै, २४ घण्टामा २ हजार १ सय ६१ जना निको भएर घर फर्किएका छन् । देशभर हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ७ लाख ३३ हजार १ सय ६१ पुगेको छ ।
पछिल्लाे २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ छ । यस्तै २५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
