0 0
Read Time:1 Minute, 44 Second

१० फाल्गुण २०७८
झापाका भूटानी शरणार्थी शिविरमा अध्ययनरत पूर्व प्राथमिक शिक्षा अध्ययन गर्ने विधार्थीलाई आज एक कार्याक्रमबीच व्याग वितरण गरिएको छ । भूटानी शरणार्थी वेलडाँगी ३ शिविरबाट अमेरिका पुग्नु भएका भूवन आचार्यको अगुवाई खोलिएको एभरेष्ट होम केयर एलएलसीले २ सय २० जना विधार्थीलाई व्याग वितरण गरेको छ ।


साना बालबालिकालाई लक्षित गरी अमेरिकाबाटै दाताहरुको सहयोग शरणार्थी शिविर संचालन हुँदै आएको बाल केन्द्रमा पढ्ने बालबालिकालाई १ लाख १६ हजार ६ सय मुल्य बराबरको व्याग वितरण गरिएको अमेरिकाबाट आउनु भएका संस्थाका सदस्य नाराद खरेलले बताउनु भयो । खेरलका अनुसार संस्थाले अहिले पनि शरणार्थी शिविर र बाहिरका असक्तहरु, बाढी पीडित लगायतमा अझै पनि सहयोग गर्ने कार्य निरन्तर भईरहेको बताउनु भयो ।


भूटानी शरणार्थी शिविरमा दाताहरुले छाड्दै गए पछि त्यहाँका बालबालिकाहरु समूदायको विधालयमा गएर अध्ययन गर्दै आएका छन् भने साना बालबालिकालाई भने दाता र दमक नगरपालिकालेको सहयोग तथा समन्वयमा शरणार्थी शिविर भित्रै संचालन हुँदै आएको विधालयकी प्रिन्सिपल केजाङ तामाङले बताउनु भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *