0 0
Read Time:1 Minute, 36 Second


१३ माघ २०७७
भन्सार छलेर अबैध रुपमा ल्याएको आशंकामा झापा प्रहरीले दमकबाट ३ करोड बढी मुल्यका ओरियन्स कम्पनीका खाद्यन्य परिपुरक सामाग्री बरामद गरेको छ । आज इलाका प्रहरी कार्यालय दमकमा प्रत्रकार सम्मेलन गरी ३ करोड २९ लाख ६७ हजार मुल्यका सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।


विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाका शादा पोशाकमा खटिएको प्रहरी टोलीले सो परिमाणका २३ प्रकारका विभिन्न नामका खाद्य परिपुरक सामान दमक –६ को पुरानो सब्जी बजार क्षेत्रको एक घरबाट बरामद गरेको हो ।


प्रहरीले सामानसँगै सो कार्यमा संलग्न जितेन्द्र शाहलाई पनि पक्राउ गरेको छ । २ दिनअघि सामान बरामद गरेपनि अनुसन्धानपछि आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको झापाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईले बताउनु भयो ।


पक्राउ परेका व्यक्ति तथा सामान थप अनुसन्धान एवं कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइने एसपी भट्टराईले जानकारी दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *