0 0
Read Time:2 Minute, 11 Second

१६ माघ २०७७, एजेन्सी–चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टाइनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ ।

“उहाँहरुका सवै गतिविधि वैज्ञानिक र स्वीकार्य मान्यता अनुसारका रहेका थिए, मानिसको जीवन र स्वास्थ्यलाई ध्यान दिएर गतिविधिहरु गरिएको थियो,” प्रवक्ता लिचिनले भन्नुभयो ।

कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको देशमा त्यसको उत्पत्तिको बारेमा अध्ययन गर्न भन्दै डब्लुएचओको टोली चीन आएको हो ।

टोलीले क्वारेन्टाइनबाट निस्किएपछि बिहीबारदेखि नै आफ्नो अध्ययन कार्य सुरु गरेको पनि चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

यो टोलीलाई कोरोनाभाइरसको उत्पत्तिसम्वन्धी सत्यतथ्य पत्ता लगाउने टोलीका रुपमा लिइएको छ ।

क्वारेन्टाइनबाट निस्किएपछि उनीहरुलाई चिनियाँ पक्षले अध्ययनका लागि अव चाहेको ठाउँमा जान स्वीकृति दिइने भएको छ ।

अध्ययनका क्रममा पनि डब्लुएचओको टोलीले सामाजिक दुरी कायम राख्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका नियम भने निरन्तर पालना गर्नु पर्ने जनाइएको छ । —समाचार नेपाल टेलिभिजनकाे अनलाइन साइडबाट लिइएकाे हाे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *