Read Time:1 Minute, 2 Second
१८ माघ सोलुखुम्बु- आगाे खेलाउनेक्रममा दुइ बालबालिका जलेका छन्र । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा दुइ जना बालबालिकाकाे ज्यान गएको छ ।

स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा हिजो दिउँसो करिब २ बजे तिर आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।
आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
