0 0
Read Time:4 Minute, 57 Second

२८ जेष्ठ २०८०/बालदिवश तामाङ

पानी नपर्दा गर्मी बढेर धेरै क्षेत्रमा असर भइरहेको वेला यस बर्ष चैते धानले भने अहिलेसम्मकै उच्च भाउ भेटेको छ । अघिल्लो बर्ष ५ सय ५० रुपयाँ प्रति मन विक्री भएको धानले यो बर्ष झण्डै दोब्बर मुल्य पाएको छ । अघिल्लो बर्ष भुसको मुल्य भन्दा सस्तोमा विक्री भएको धानले यो बर्ष हिउँदमा विक्री हुने धानको मुल्य पाएको छ । चैते थन्काउने वेला पानी पर्ने भएकाले बर्षेनी भुसको दाममा पनि विक्री गर्न समस्या भोग्दै आएका किसानले यो बर्ष अहिलेसम्मै उच्च मुल्य पाउनुको मुख्य कारण पानी नपर्नु नै भएको बताएका छन् ।

जेठ महिना वित्न लाग्दा समेत पानी नपरेकाले धमाधम यतिखेर धान काट्ने र उठाउने काम भइरहेको छ । पानी नपरे पछि खेतमा मेशिन लगाउन र धान उठाउन सहजतासँगै मुल्य समेत राम्रो पाएको दमक वडा नं. १० का किसान कृष्ण क्षेत्रीले बताउनु भयो । क्षेत्रीक अनुसार यो बर्ष १० कठ्ठामा रोपेको ६० मन धानले राम्रो मुल्य पाएको बताउनु भयो । उहाँले अघिल्लो बर्ष ५ देखि ५ सय ५० रुपयाँ प्रति मन विक्री गरेको धान यस बर्ष ९ सय ५० रुपयाँमा विक्री गर्न सफल हुनु भयो । उहाँका अनुसार धान खेतमै मेशिनले काटेर काँचै धान झारेर खेतबाटै ९ सय ५० मुल्यमा विक्री गर्नु भनेको हिउँदे धान भन्दा उच्च मुल्य पाएको उहाँले बताउनु भयो ।

झापा जिल्लामा चैते धान प्रवर्धन र विकासका लागि कृषि ज्ञान केन्द्रले समेत सहयोग गर्दै आएको छ । धान खेती विस्तारका लागि जिल्लाकै सवैभन्दा धेरै विऊ धानमा खेती गर्ने गौरादह नगरपालिका क्षेत्रमा किसानलाई धान विकास व्लक कार्याक्रम संचालन गर्न सहयोग गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार केन्द्र मार्फत चैतेधान खेती विकासका लागि जिल्लामा धान सुकाउने ड्रायरर देखि गोदाम घर निर्माणमा समेत अनुदान उपलव्ध गराइएको छ । यो बर्ष चैते धान राम्रो उत्पादनसँगै मुल्य पनि जिल्लामा अहिलेसम्मकै उच्च भएको बताउनु भयो । धान उठाउने मौषममा पानी नपरेकाले धानले राम्रो मुल्य पाएको उहाँले बताउनु भयो ।

खासगरी दक्षिणी झापाको भूभागमा चैते धान थन्काउने वेला समस्या हुने गरेको छ । होचो भूभाग तिर पानी पस्ने भएकाले धान थन्काउन समस्या भोग्दै आएका किसानले यो बर्ष पानी नपर्दा धान थन्काउन र विक्री गर्न सहज भएको उनीहरुले बताएका छन् । दमक वडा नं. १० की निर्मला अधिकारीको यो बर्ष ५ कठ्ठामा लगाएको धान झण्डै दोब्बर उत्पादन बढ्यो । राम्रो धान उत्पादन हुनु र मुल्य समेत झण्डै दोब्बर हुँदा यो बर्ष समयले साथ दिएको भन्दै खुशी व्यक्त गर्नु भयो ।


यस्तै अर्का किसान रुद्र खड्काका अनुसार पानी नपर्दा चैते धानले उच्च मुल्य पाए पनि हिउँदे धानलाई भने समस्या हुने देखिएको छ । किसानले असारमा रोप्न राखेको कतिपय विऊ खेतमै सुकेर पुन विऊ राख्नु पर्ने अवस्था समेत आएको छ । सिंचाई नहुने क्षेत्रमा पानी परेन भने खेती हुनै नसक्ने उहाँले बताउनु भयो ।
झापामा जिल्लामा अघिल्लो आर्थिक बर्ष १ हजार ९ सय हेक्टरमा झण्डै १ लाख मेट्रिक टन चैते धान उत्पादन भएको थियो । यो बर्ष खेतीको क्षेत्रफलमा केही गिरावट आए पनि उत्पादन बृद्धिसँगै मुल्य समेत बृद्धि भएकाले किसानहरुले खुशी व्यक्त गरेका छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *