दमकका विपन्न विधार्थीलाई छात्रबृति स्वरूप १२ लाख नगद वितरण

१८ साउन २०८०/झापा
झापाको दमक नगरपालिकाले नगरभित्र अध्ययनरत विपन्न विधार्थीलाई १२ लाख नगद छात्राबृति स्वरुप वितरण गरेको छ । नगरका ७५ जना विप्पन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा टेवा दिन छात्रबृति स्वरुप नगद वितरण गरिएको हो । ५ वटा विधालयका कक्षा ११ र स्नातक तह प्रथम बर्ष अध्ययनरत विधार्थीलाई नगद १२, १४, १५ र १७ हजारका दरले विहीबार एक औपचारिक कार्याक्रमबीच नगद वितरण गरिएको छ ।


दमक नगरपालिका भित्र स्थायी बसोवास भई अध्ययनरत जेहेन्दार र विपन्न विधार्थीलाई छात्राबृति वापत नगरपालिकाको आन्तरिक बजेटबाट नगद वितरण गरिएको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
छात्रबृति प्राप्त गरेका विधार्थीले नगरपालिकाले दिएको रकमले अध्ययनमा ठूलो टेवा पुग्ने बताएका छन् । नगरमा रहेको १ देखि १० वटै वडामा विपन्न विधार्थी छनौट गरी मापदण्ड बनाएर रकम वितरण गरिएको शिक्षा समिति अध्यक्ष कुवेर भट्टराईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गत बर्ष अदुवा निर्यात ४७ प्रतिशतले बृद्धिः ६४ करोड मुल्यको अदुवा निर्यात
Next post नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक बढ्याेः काेशी प्रदेशकाे सुनसरी बढी जाेखिममा