भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्युः १९ जना घाइते

२९ कार्तिक २०८०, सारासन्देश समाचार (एजेन्सी)– भारत नियन्त्रित काश्मिरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । कश्मिरको पहाडी मार्गमा भएको सो दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने सक्ने भारतीय संचार माध्यमहरूले बताउँदै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आगोजन्य प्रयोगमा सचेत बनौंः तिहारको वेला जताततै आगलागीका घटना बढ्दै, दमकमा घर ग्वाली सहित ४ वटा वाख्रा बने खरानी(भिडियाे कथा)
Next post दशैैं तिहार अवधिमा झापामा १४ स्थानमा आगलागीः एक जनाको मृत्यु