२९ कार्तिक २०८०, सारासन्देश समाचार (एजेन्सी)– भारत नियन्त्रित काश्मिरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । कश्मिरको पहाडी मार्गमा भएको सो दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने सक्ने भारतीय संचार माध्यमहरूले बताउँदै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *