३ मंसिर २०८०, इलाम– इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कसैकाे पनि ज्यान गएकाे भन्ने अाधिकारिक पुष्टि नभएकाे इलाम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिनु भएकाे छ । एक जना बच्चाकाे टाउकाे रूखमा टाेकिएकाे अवस्थामा रहेकाे भए पनि मृत्यु भइसकेकाे भन्ने अाधिकरिता प्राप्त भएकाे छैन।
प्रहरी टाेली दुर्घटना भएकाे स्थानमा पुगी उदार गरी झापाका अस्पतालमा उपचारका लागि पठाइसकिएकाे प्रहरीले जनाएकाे छ । बसमा सवार ३७ जना घाइते भएका मध्ये १७ जना भने गम्भीर अवस्थामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
