यस बर्षकाे छठ हर्साेल्लासका साथ समापन (फाेटाे फिचर)

४ मंसिर२०८०,सारासन्देश समाचार–  आजसोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले यस वर्षको छठ पर्वलाई हर्साेल्लासकासाथ बिदा गरेका छन् । झिसमिसेदेखि नै जलाशयमा उभिएर सूर्योदयको प्रतीक्षामा बसेका व्रतालुहरूले ४ दिन देखि थालेकाे ब्रतका चरणहरू पुरा गरेका छन् । ‘बिहनीयाघाट’ भनिने यस दिन व्रतालुले सूर्यलाई बाँसको सुपुलीमा नरिवल र अन्य पूजा सामग्रीसहित अर्घ्य दिएका थिए । व्रत समापनपछि व्रतालुले परिवारजन र आफन्त, इष्टमित्रलाई टीका लगाइदिएका थिए । छठको पहिलो दिन नहाय खायु र दोस्रो दिन खरना गरेका व्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी उनीहरूले आज उदाउँदो सूर्यदेवलाई अर्घ्य दिएर याे बर्षकाे छठ पूजा समापन गरेका हुन् ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

यस्तै यता झापामा यस बर्ष शान्तिपूर्वक छठ पर्व सम्पन्न भएको छ । कोरोना कहर पछि छठ पर्वको रौनक यस बर्ष अझ बढेको छ । यस बर्ष जिल्लाका विभिन्न नदि तथा खोलाहरु सिंगारेर झकिझकाउ पारी छठ पर्वलाई विधिवतरुपमा सम्पन्न गरिएको छ । ठूला नदि तथा खोलामा हिजो देखि थालिएको पूजा रातभर जाग्रम बसी आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिएको हो । मुख्य ठूलो जमघट हुने क्षेत्रमा सुरक्षाकर्मी समेत परिचालन गरी शान्तिपुर्वक छठ पर्व सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भएको छ ।

जिल्लामा कन्काइ, मेची, विरीङ्ग, रतुवा, मावा, कमल लगायत अन्य साना खोलामा समेत यस बर्ष हर्सोल्लासका साथ छठ पर्व मनाइएको छ । पछिल्लो समय मधेसी समूदायबाट अन्य जातजातिले समेत मनाउन थाले पछि छठ पूजा गर्नेहरुको भीड बर्षेनी बढ्दै गएको पूजामा आउनु भएकी जेष्ठ नागरिक अम्बिका कुँवरले बताउनु भयो । केही बर्ष अघिसम्म तराई मुलका बासिन्दाले मात्र मनाउने छठ पछिल्लो समय पहाडिया समूदायले समेत मनाउँन थाले पछि यसले सवैमा एकता र सदभाव बृद्धि गरेको सामाजिक अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post छठ पर्वकाे राैनकः काेराेना पछि हर्साेल्लासका साथ मनाइँदै (फाेटाे फिचर)
Next post फाल्गुनन्द साकोसले गर्यो विभिन्न व्यक्तिलाई सम्मानः आर्थिक विकासका लागि सहकारीमा एकता हुनु पर्नेमा जोड