१८ मंसिर २०८०, झापा– सिमा सुरक्षार्थ खटिँदै आएका शसस्त्र प्रहरीले सिमा पिल्लर मर्मत तथा रङरोगन गर्न झापामा आज देखि शुरू गरेको छ । काँकडभिट्टामा सोमबार बिहान एक समारोहको आयोजना गरी शसस्त्रले पिल्लर मर्मतको काम शुरु गरिएकाे हाे । कोशी प्रदेशका डिआइजी अञ्जनी कुमार पोखरेलको नेतृत्वमा शसस्त्रले जिर्ण पिल्लर मर्मत तथा रङरोगन गर्न शुरु गरेको छ । मेचिनगर नगरपालिका वडा नं. ७ काे धनकुटे बस्तीमा अवस्थित सिमा स्तम्भ नं. ९१/१ पी.पी. ५५ नम्बरकाे स्तम्भबाट शुरू गरिएकाे हाे । कोशी प्रदेशको ४३० किलोमिटर खण्ड भारतसँग सिमा जोडिएको छ । झापामा मात्र १ सय ४४ किलाे मिटर भूभाग भारतसँग जाेडिएकाे छ ।

झापामा १ सय ७० वटा पिल्लरमा रङगरोगन, १ सय ९ वटामा सामान्य मर्मत, १६ वटामा मध्यम स्तरको मर्मत र ३ वटा पिल्लर पुर्ण रुपले मर्मत गर्नुपर्ने अवस्था रहेको शसस्त्र प्रहरी २ न हेडक्वाटर झापाका शसस्त्र प्रहरी उपरिक्षक देवराज अर्यालले जानकारी दिनु भयाे । देशभर ४ सय ८४ वटा स्तम्भ मर्मत संभार गरिने शसस्त्र प्रहरी बलले जानकारी दिएकाे छ  ।

डिआइजी पोखरेलले डिजिटल सिमाको अवधारणा अपनाइएका कारण अब पिल्लर नष्ट भएपनि त्यसको लोकेशन थाहा हुने बताउनु भयाे । उहाँले धेरै पिल्लर जिर्ण भएका कारण सिमाको बिषयमा बिवाद भइरहेको अवस्थामा शसस्त्रले त्यसको अन्त्यका लागि मर्मत तथा रङरोगन शुरु गरेको बताउनु भयाे । कार्यक्रममा नेपाल र भारतका सुरक्षा अधिकारी, मेचीनगर तथा भद्रपुर नगरपालिकाका प्रमुख तथा वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *