ठेक्का लिएर काम नगर्ने निर्माण ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखियाे

१९ मंसिर २०८०,काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर काम अलपत्र छाड्ने आठ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सरकारका विभिन्न पाँच वटा निकाय अन्तर्गत निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ठेक्का लिएर काम अलपत्र पार्ने भारत कन्स्ट्रक्सन, मैनाचुली कन्स्ट्रक्सन र सिद्धिसाई कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । ती तीन कम्पनीले भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीमार्फत् लोकमार्गको पाँचथर खण्डमा ठेक्का लिएर काम अलपत्र पारेपछि आयोजनाको कार्यालय फिदिम पाँचथरले लेखिपठाएका आधारमा कालोसूचीमा राखिएको हो ।

यी कम्पनी सन्चालक क्रमश: राजिव गुर्गा, मदनकुमार अधिकारी र दिपेन्द्रबहादुर शाही हुन् । त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कार्स्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । सो कम्पनीका सन्चालक विक्रम तामाङ हुन् । त्यस्तै, जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । सो कम्पनीका सन्चालक हरिराम बोहोरा हुन् । कार्यालयले झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई पनि एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

यी कम्पनीका सञ्चालकहरू क्रमश: फुर्तेम्बा शेर्पा, गणेशबहादुर बस्नेत र पोष्टबहादुर बोगटी हुन् । कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरुले अब सूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यस अघि २४ वटा कम्पनि कालाे सूचीमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतीय भन्दा सस्तो र राम्रो स्वदेशी हाइव्रेड मकैकाे उन्तत विऊ पहिचान नहुँदा विऊ उत्पादक किसानलाई समस्या
Next post विराटनगरको कवाडी गोदाममा आगलागीमा २ जनाको मृत्युः ४ घाइतेलाई काठमाण्डाैं पठाइयाे