कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

८ जेष्ठ २०८१, काठमाडौं–  दोहोरो नागरिकता लिएको अभियोगमा  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकाउ पर्नु भएको छ ।

यसअघि आजै विहान मात्र धनुषा जिल्ला अदालतले  दोहोरो नागरिकतासम्बन्धी कसुरमा सिरोहियालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालय बाटै अध्यक्ष सिरोहिया पक्राउ पर्नु भएको हो  । सिरोहियालाई पक्राउ गर्दा कार्यलय परिसरमा कर्मचारीहरुले नारावाजी समेत गरेका छन् ।

पक्राउपछि सिरोहियाले आफूले अनुसन्धानलाई सघाउँछु भन्दाभन्दै सरकारले अधिनायकवादी चरित्र देखाएको प्रतिक्रिया दिनु भयो ।  उहाँले आफ्नो गिरफ्तारीलाई प्रेस स्वतन्त्रतामाथिको कुठाराघात भएको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रतामाथिकाे कुठराघातकाे विरूद्घ अन्तिमसम्म लड्ने समेत बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अटोमेकानिक्स संघ दमकमा नयाँ समिति चयन
Next post झापामा अवैध काठ र गाडी लिलामबाट ३४ लाख राजश्व