गणतन्त्र दिवशमा फुटवलः कमल कमिटी विजयी

१५ जेष्ठ २०८१/दमक
गणतन्त्र दिवशको अवसरमा झापाको कमलमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा वाइसीएललाई हराउँदै माओवादी केन्द्र कमल गाउँपालिका कमिटिले विजय हात पारेको छ । खेलमा वाइसीएललाई १ गोलको विरुद्ध २ गोल गर्दै कमल विजयी बनेको हो ।
पहिलो चरणको खेलमा पत्रकार ११ लाई २ गोलको विरुद्ध ३ गोल गरी कमल फाइनलमा प्रवेश गरेको थियो । यस्तै वाईसीएलले पार्टीको दमक नगर कमिटिलाई शून्यको विरुद्ध ३ गोल गरी विजयी बनेको थियो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ सहित प्रदेश, जिल्ला र नगरका नेतृत्व सहित भएको मैत्रीपूर्ण खेलमा वाइसीएलका प्रेम योगी म्यान अफ द म्याच घोषित हुनु भयो । विजेता र उपविजेतालाई केन्द्रिय सदस्य तामाङ र जिल्ला संयोजक राजु आचार्य अग्नीले ट्रफी प्रदान गर्नु भएको छ ।

१७ औं गणतन्त्र दिवशको अवसर पारेर १० बर्षे जनयुद्धले ल्याएको परिवर्तनलाई जनतामाझ उत्पादन र समृद्धसँग जोड्न जिल्लामा विभिन्न स्थानमा पार्टीले कार्याक्रम समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गणतन्त्र दिवश विविध कार्याक्रम सहित दमकमा बृक्षारोपण
Next post सरकारबाट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन (पूर्ण पाठ सहित)