१९ जेठ २०८१/झापा
तेस्रो मुलुकमा पशु आहाराको रुपमा प्रयोग हुने दुधबाट बनाइने नेपालको छुर्पी यो बर्ष दोब्बर बढी परिमाणमा निर्यात भएको छ । पूर्वी नेपालको मेचीभन्सार नाकाबाट यो बर्ष १० महिनाको अवधिमै १ अर्व २० करोड मुल्यको छुर्पी निर्यात भएको छ । अघिल्लो आर्थिक बर्षमा ५६ करोडको मात्र निर्यात भएकोमा यो बर्ष १ सय १५ प्रतिशत बढी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले बताउनु भयो ।

तौलको हिसाबमा अघिल्लो बर्ष ३ लाख केजी छुर्पी निर्यात हुँदा यो बर्ष ६ लाख ३७ हजार केजी छुर्पी निर्यात भएको छ ।
नेपालमा दुध प्रशोधन गरी विभिन्न परिकार बनाउने डेरी उद्योग संचालनमा आउन थाले पछि छुर्पी बनाउने काम गाउँघरमा समेत हुन थालेको छ । छुर्पीको निर्यात बढे पछि किसानलाई समेत लाभ पुगेको छ ।
