२३ जेष्ठ २०८१/दमक (झापा)
विश्व वातावरण दिवशको अवसरमा झापाका विभिन्न स्थानमा आज बृक्षारोपण गरिएको छ । झापाका १५ पालिकाकामा क्लव, सामुदायिक बन र राजनैतिक दलको अगुवाइमा समेत बृक्षारोपण भएको छ । डिभिजिन बन कार्यालय झापाका प्रमुख मेघराज राईलका अनुसार यस बर्ष उपलव्धी र परिणाम देखिने गरी काम गर्न जोड दिइएको जानकारी दिनु भएको छ । उहाँका अनुसार जिल्लामा धेरैजसो यो बर्ष संस्थाहरुले वृक्षारोपणमा जोड दिएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्र दमक नगर कमिटिले यस अघि थालेको १ लाख विरुवा रोप्ने कार्यलाई आज थप विस्तार गरिएको छ । आज एकै दिन ६ हजार विरुवा रोप्ने र वितरण गर्ने काम भएको छ ।
माओवादी केन्द्र प्रदेशका संसदीय दलका नेता पूर्व मन्त्री इन्द्र आङबो ‘मौषम’ले बृक्षारोपण गर्दै विश्वमा चिन्ताको विषयमा रहेको जलवायु परिवर्तनको असर कम गर्न संघ संस्था वा जुनसुकै दल वा पार्टीले भए पनि वातारवरण संक्षरणमा योगदान पुग्ने काम गर्नु सम्मान योग्य भएको बताउनु भयो । केन्द्रले विहान देखि थालेको बृक्षारोपण र वितरण कार्याक्रम सामुदायिक तथा निजी विद्यायल, अस्पताल लगायत सार्वजनिक क्षेत्रमा रोप्ने र वितरण गर्ने काम भएको नगर अध्यक्ष रवि बस्नेतले बताउनु भयो । विधालयमा विरुवा वितरण गर्न पुग्दा राम्रो कामको थालनी भएको भन्दै विद्यालयले अभियानमा लागेका टोलीमा स्वागत सम्मान समेत गरेका छन् ।

मानवहित संक्षरण मञ्च दमकले उपलब्ध गराएको ६ हजार फलफुलका विरुवा दमकका विभिन्न वडामा वितरण गरिएको नगर कमिटि अध्यक्ष रवि बस्नेतले बताउनु भयो ।
यस्तै झापाको गौरादह नगरपालिकाले पनि आज ४ हजार फलफुलको विरुवा रोप्ने र वितरण गर्ने कार्य गरेको छ । पालिकाले आँप, लिचि, कागती लगायतका फलफुलका विरुवा वितरण गरेको छ भने कृषिमा जैविक विषादी बनाउन प्रयोग हुने विभिन्न प्रकारका विरुवा समेत रोप्ने काम भएको गौरादह नगरपालिकाल कृषि शाखा प्रमुख शिव न्यौपानेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *