धिमाल सँस्कृति संरक्षणमा चासोः सँस्कृति संरक्षणमा ढोल बजाउने तालिम (फाेटाे फिचर)

२७ जेष्ठ २०८१/डिकेश लामा

अल्पसंख्यक धिमाल जातिले पछिल्लो समय लोप भएका सँस्कृतिको खोजीसँगै सिक्ने काम थालेका छन् । खासगरी झापा, मोरङ्ग र सुनसरीमा बसोवास रहेका आदिवासी समूदायका धिमालले पोदो अर्थात ढोलमा बजाईने साँस्कृतिक तालको खोजी गर्न थालेका हुन् । ढोल काठमा छालाले ढाकेर बनाइएको एक प्रकारको बाजा हो । यो बाजा बजाउने धेरै जातजातिहरु नेपालमा छन् । तर धिमाल जातिले बजाउने ढोल अरु जातिले बजाउने भन्दा केही फरक छ । बाजा मात्र फरक होइन यसमा बजाइने तालहरु समेत फरक हुने गरेकाले लोपोन्मुख तालको खोजी गर्न गाउँघरमा पछिल्लो समय तालिम दिन थालेको धिमालका अगुवा रतन धिमालले बताउनु भयो । धिमालका अनुसार १३ प्रकारको तालमा हरेकको महत्व र अवस्था अनुसार बजाइने गरिन्छ । खासगरी पूजा गर्दा, बाटोमा हिड्दा, रमाइलो गर्दा देखि अन्य अवस्थाबारे समेत ढोलको आवाजबाट थाहा हुने बताउनु भयो । तर पछिल्लो समय ताल त के ढोल बजाउनेहरु नै हराउँदै गएकाले सँस्कृति संरक्षणमा चिन्ता थपिन्दै गएको उहाँको भनाइ छ ।

धिमाल जातिको आफ्नै भाषा, धर्म, सँस्कृति र भेषभुषा छन् । तर ती यूवा पुस्ताहरुले भुल्दै लगेका छन् । संस्कार सँस्कृति र भाषा नै हराए पछि जाति पनि हराउला भन्ने चिन्ताले पछिल्लो समय लोपोन्मुख सँस्कृतिको संरक्षणमा जुटेको दमक नगरपालिकाको प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले बताउनु भयो । धिमालका अनुसार प्रदेश सरकारको सहयोगमा २६ र २७ गते दमकमा सँस्कृति संरक्षणका लागि साँस्कृतिक कार्याक्रम गरिएको बताउनु भयो ।

भाषा समेत भुल्दै गएका धिमाल जातिका युवा पुस्ताले बाउबाजेले बजाउने ढोलका १३ वटा तालहरु सिक्न थालेका छन् । तर ढोल नै लोप हुने अवस्थाले भने चुनौती थप्दै लगेको गोविन्द धिमालले बताउनु भयो । ढोल बनाउन सिपालु धिमालका अनुसार ढोल बनाउने काठ र बन्य जन्तुको छाला समेत अभाव हुन थालेकाले ढोल विस्तारै लोप हुँदै गएको छ । हातले पराम्परागत तरिकाले बनाउने हो भने लामो समय लाग्ने ढोल बनाउँदा ५० हजार बढी खर्च हुने उहाँले बताउनु भयो ।

नेपालमा १४२ जातिहरु मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा रहेका छन् । नेपालमा २५ हजार ६४३ जनसंख्या रहेको धिमाल जातिले आफ्नो सँस्कृति संरक्षणमा चासो राख्नुले अन्य जातिलाई समेत प्रेरणा मिल्ने धिमाल जातिका अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हाइड्रोशीलको निशुल्क शल्यक्रिया दमकमा शुरु
Next post मेची भन्सारबाट निर्यात बढ्दै आयात घट्दै