२८ जेठ २०८१, काठमाडौं– यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको छ । नेपालको पूर्वी भू-भागबाट अन्य भू-भागमा क्रमिक रुपमा मनसुन सर्दै जाने महाशाखाले अनुमान गरेको छ । यस वर्ष मनसुनमा गत वर्षभन्दा देशका अधिकांश स्थानमा बढि पानी पर्ने पनि महाखाको अनुमान छ । यस बर्ष हिउँदे बर्षा नभएकाले पनि बर्खाकाे वेला अधिक पानी पर्न सक्ने अनुमान रहेकाे छ । तर जलबायु परिवर्तन र अधिक गर्मीका कारण धेरै जसाे स्थानमा खण्डबृष्टि बर्षा हुन थालेकाे छ ।
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
