भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस आँबुखैरेनी दुर्घटना हुँदा १४ जनाकाे मृत्यु

७ भदाै २०८१, तनहुँ– तनहुँको आँवुखैरेनी-२ ऐना पहरा नजिक  भारतीय यात्रुवहाक बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएकाे छ । यस्तै दुर्घटनामा परी ११ जना महिला सहित २० जना घाइते भएका छन् । पोखराबाट काठमाण्डौँतर्फ आइरहेको यु. पी. ५३ एफ.जी. २३ नम्बरको यात्रुबहाक बस आँवुखैरेनी-२ ऐना पहराबाट मर्स्याङदी नदीमा खसेर दुर्घटना भएको आँवुखैरेनी ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ  ।

आवुखैरेनी ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी कुमार बस्नेतका अनुसार बसमा करिव ४३ जना यात्रु सवार रहेका छन् । दुर्घटनाग्रस्त बसका यात्रुहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ । सख्त घाइतेहरूकाे हेलिकप्टरबाट समेत उपचार तर्फ लाने काम भइरहेकाे बताइएकाे छ ।

पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अझै पनि उद्धार कार्य चलिरहेको छ ।

प्रहरीका अनुसार १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । ४ जना भने नदिमा वेपता भएकाे प्रहरीले जनाएकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा वैंकिङ कसुर मुद्धा दोब्बरले बृद्धि
Next post झापाली पत्रकारितामा समावेशिता खोजिँदैः फोनिज झापाले मनायो रजत जयन्ती