१४ भदौ २०८१/झापा
झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा कार्यरत झण्डै ४ सय चिया श्रमिकलाई लक्षित गरी निशुल्क परिक्षण र उपचार गरिएको छ । दुई दिनसम्म गरिएको विशेषज्ञ डाक्टर सहितको शिविरमा २ सय ५० बढी श्रमिकले परिक्षणसँगै प्राथमिक उपचार गराएका छन् ।
सँधै चिया बगानमा खटिनु पर्ने श्रमिकले निशुल्क उपचार कार्य स्थलमै टोली आएर गर्दा खुशी लागेको मनिषा अधिकारीले बताउनु भयो । शिविरमा छालासम्बन्धीका रोग, नशा, पायल्स र हड्डी सम्बन्धीका समस्या रहेका सेवाग्राही आएको शिविर संचालन गर्न सहयोग गर्ने प्रादेशिक आयुर्वेद अस्पतालका निमित्त प्रमुख डा. शिद्धार्थ ठाकुरले बताउनु भयो । डा. ठाकुरका अनुसार जनतासँग आयुर्वेदिक उपचारको पहुँच बढाउन घुम्ती शिविरलाई जोड दिइएको बताउनु भयो ।

लायन्स क्लव र बगानले सहजिकरण गरेर गरिएको स्वास्थ्य शिविरमा जटिल समस्या देखिएको विरामीलाई निशुल्क उपचार गर्ने गरी अस्पतालसम्म पुर्याउने कार्यमा समेत सहयोग गरिने सहयोगी संस्था लायन्स क्लव अफ झापा दमकका अध्यक्ष विष्णुप्रसाद पोखरेलले बताउनु भयो । दुई दिनसम्म चलेको शिविरमा चिया बगानमा बर्षौं देखि काम गर्ने श्रमिकहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *