एपीएफ र बागमती प्रदेश फाइनलमा

१४ फाल्गुण २०८१/झापा

झापाको दमकमा जारी मुख्य मन्त्री राष्ट्रिय महिला भलिबल कप २०८१ को फाइनलमा विभागीय टीम एपीएफ र बागमती प्रदेशबीच भिडन्त हुने भएको छ  । बुधबार भएको चौथो दिनको सेमिफाइनलको खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । यस्तै नेपाल पुलिस क्लवलाई हराउँदै बागमती प्रदेश फाइनलमा पुगको हो ।
यसैबीच सेमिफाइनल खेलमा पराजित बनेका टीम नेपाल पुलिस र आर्मीबीच तेस्रो स्थानका लागि भिडन्त हुने भएको छ । खेलमा विजेता र उपविजेताले नगद ५ र ३ लाख रुपयाँ प्राप्त गर्ने छन् । यस्तै तेस्रो र चौथो हुनेलाई समेत नगद १ लाख ५० हजार र ७५ हजार रुपयाँ सहित ट्रफी र मेडल प्रदान गरिने आयोजक नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटिले जनाएको छ । आज विहीबार तेस्रो स्थान र फाइनल गरी २ खेल हुने राष्ट्रिय रेफ्री उमेश ताम्राकारले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्यमन्त्री राष्ट्रिय महिला भलिवल कप २०८१ शुरु
Next post झापामा मलमा कमिशनको खेलः महँगो मुल्यले किसान मारमा