
प्लाई बोकेको गाडी नेपाल फर्काइयो

प्लाइ वोकेर भारत तर्फ जाँदै गर्दा रोकिएको गाडी झण्डै एक महिना पछि नेपाल फर्काइएको छ । भारतको गुणस्तर मान्यता प्राप्त प्रमाण पत्र ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस)को कारण देखाउँदै रोकिएको ३४ वटा गाडी फर्काइएको मेची भन्सार कार्यालय झापाले जानकारी दिएको छ ।
भारतले यस बर्ष अघिल्लो बर्ष भन्दा अगाडि नै बीआइएसको मान्यता खारेजी र नविकरणको प्रकृया थालेकाले समस्या आएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताउनु भयो ।
१३ वटा उद्योगका ३४ वटा गाडी रोकिँदा व्यवसायीलाई ठूलो नोक्शान पुगेको छ । व्यवसायीले भारतमा लामो समय गाडी रोकेर राख्दा कर लगायत अन्य खर्च गरी एउटा गाडी बराबर भारतीय डेढ लाख रुपयाँ खर्च भएको व्यवसायी राजु अग्रवालले जानकारी दिनु भयो ।
भारतले यस बर्ष अघिल्लो बर्ष भन्दा अगाडि नै बीआइएसको मान्यता खारेजी र नविकरणको प्रकृया थालेकाले समस्या आएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताउनु भयो ।

नेपाल सरकारले उचित पहल र चासो दिन नसक्दा बर्षेनी ५ देखि १० अर्वसम्म विदेशी मुद्रा आर्जन गर्दै आएको प्लाईउड व्यवसायीले समस्या खेप्नु परेको उनीहरुले गुनासो पोखेका छन् ।