साढे ४ हजार गुणा बढी मोलासिस निर्यात

२७ चैत्र २०८१/डिकेश लामा
 
झापाको मेची भन्सारको बाटो हुँदै भारत निर्यात हुने मुख्य दश बस्तु मध्ये सवै भन्दा धेरै परमाणको हिसावमा मोलासिस निर्यात बृद्धि भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा ७ महिनामा ६ लाख केजी निर्यात भएको थियो । तर यो बर्ष अनपेक्षित ढंगबाट बृद्धि भएको छ ।  गत बर्ष भन्दा ४ हजार ५ सय प्रतिशत बृद्धि भई २ करोड ७ लाख केजी निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाँईंले बताउनु भयो ।

मुल्यको हिसाबमा हेर्ने हो भने  अघिल्लो बर्ष ७८ लाख मुल्यको निर्यात भएकोमा यो बर्ष ३६ करोड ६६ लाख मुल्यको मोलासिस भारत निर्यात भइसकेको छ । मोलासिस भन्ने पदार्थ उखु वा अन्य गुलियो बस्तुबाट बनाइने गरिन्छ । झापाका केही स्थानमा मोलासिस उत्पादन तथा विक्री समेत हुँदै आएको छ । भारत तर्फ भने खास गरी अधिक मात्रमा मोलासिसको कच्चा पदार्थ निर्यात हुने गरेको छ  । माेलासिस खासगरी पशु आहराका लागि र अन्य उत्पादन निर्माणका लागि भारत निर्यात हुने गर्दछ। माेलासिस एक प्रकारकाे गुण प्रजातिकाे पदार्थ हाे । झापामा केही महिला समूहले माेलासिसकाे पशु आहरा बनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बारीमै कुहिन थाल्योे गोलभेंडाः किसानले पाएनन् उचित मुल्य (फाेटाे/भिडियाे सहित)  
Next post जलवायु परिवर्तनले कृषिमा नयाँ रोग र किराको समस्याले किसान चिन्तित