लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली

३० चैत्र २०८१/झापा
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउने भन्दै गरिएको लुटपाट र हिंसा अव सैय हुन नसक्ने बताउनु भएको छ । दमकमा गरिएको आज भएको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण आन्दोलनको नाममा लुटपाट र आगजनी गर्दै हिड्नेले देश कुनै पनि हालतमा चलाउन नसक्ने बताउनु भयो ।
उहाँले राजतन्त्रले अढाइ सय बर्षसम्म पनि केही विकास गर्न नसकेको बताउनु भयो । संघीय गणतन्त्र पछि देशको धेरै विकास भएको उहाँले बताउनु भयो । अझ देश विकासका लागि सामुहिक कृषि र यूवाहरुलाई स्वरोजगारमुलक उद्यममा लाग्न समेत प्रधानमन्त्री ओलीले आग्रह गर्नु भएको छ ।

कोशी प्रदेश भरीका कार्यकर्तालाई उतारेर गर्ने भनिएको जनजागरणसभामा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, पूर्व मुख्य मन्त्री तथा नेकपा एमाले पार्टीका स्थायी कमिटि सदस्य शेरधन राईले देश अव अगाडि बढिसकेकाले जनता निरकुंश राजतन्त्रको पक्षमा कुनै पनि हालतमा जान नसक्ने बताएका छन् ।
सभामा विभिन्न जातजातिका नृत्य, गीत तथा झ्याँकी समेत पर्दशन गरिएको छ । १ लाख जनता उतार्ने भनिएको कार्याक्रममा ५ हजार भन्दा धेरै सहभागिता हुन नसकेको सहभागीले बताएका छन् ।


पछिल्लो समय राजनैतिक दलहरुबीच शक्ति प्रदर्शन र आफ्नो पक्षमा धेरै जनमत देखाउन ठूलो रकम खर्च गरेर टाढा टाढाबाट कार्यकर्ताहरु भेला पार्ने प्रचलन बढ्दै गएको छ । आज गरिएको सभा स्थल दमकको बजार क्षेत्रको सवै भन्दा ठूलो क्षेत्र हो । जहाँ अधिक मानिसको क्षमता ५ देखि १० हजार भन्दा आँट्ने अवस्था छैन । तर सोही स्थानमा कार्यक्रम गरेर सत्तासिन, प्रतिपक्षी दल देखि राजावादी पक्षधरको कार्याक्रम समेतमा १ लाख जनसंख्याको सहभागिताको नारा दिइने गरिन्छ । यस्तो अवस्थ्य प्रतिष्पर्धाले सचेत नागरिकको राजनैतिक दल प्रति हेर्ने दृष्टिकोण नै फेरिन्दै गएको युवा पुस्ताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधानमन्त्री ओलीले गृह नगर दमकमा भोलि सम्बोधन गर्ने
Next post १५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)