नगरपालिका विरुद्ध सता गठबन्धनः दमक नगरपालिका निजी स्वार्थ केन्द्रित बन्दै गएको आरोप

२० चैत्र २०७९/सारासन्देश समाचार 
संघीय सरकारमा प्रतिपक्षमा रहेका दलको स्थानीय सरकार विरुद्ध दमकमा गठनबन्धन दलले आपती प्रकट गरेका छन् । दमक नगरपालिकामा निर्वाचित बहुमतमा रहेको नेकपा एमाले र राप्रपाको मिलेमत्तोमा स्थानीय सरकार निरंकुश र स्वेच्छाचारी भएको भन्दै पत्रकार सम्मेलन मार्फत खेद प्रकट गरिएको छ ।
दमक नगरपालिकामा गएको चैत्र ७ गते बसेको कार्यापालिका वैठकले बदनियत तवरबाट निजी स्वार्थमा रहेर गरेको समिति र उपसमिति प्रति खेद प्रकट गरेको नेपाली काँग्रेशका नगर सभापति प्रकाश प्रसाईंले बताउनु भयो ।  यस्तै नेकपा माओवादीका नगर इन्चार्ज बेदु गौतम्ले समेत नगरपालिकामा भएका पछिल्लो गतिविधि व्यक्तिगत स्वार्थ केद्रिन्त बन्दै गएकाले पत्रकार सम्मेलन मार्फत जनतालाई जानकारी गराउनु पर्ने अवस्था आएको बताउनु भयो ।


कार्यक्रममा नेकाकी केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बुले नगर पालिकाले निरंकुश ढंगबाट महिलाहरुलाई यस अघि बनेका नजिरलाई तोड्दै स्वार्थपूर्तिका लागि बनाइएका समिति एक हप्ता भित्र खारेज नगरे तालाबन्दी सम्मको आन्दोलन गर्ने चेतावनी दिनु भयो । कार्यक्रममा नगरप्रमुखले नगरका दक्ष र प्रतिभाशाली प्रमुख प्रशाशसकीय अधिकृत शशी राईलाई छोटो समयमा नै हटाएर आफ्नो आफन्त ल्याएर नगरलाई पारिवारिक घेराभित्र राख्न खोजेको समेत आरोप लगाइएको छ ।

सम्मेलनमा नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बहुमतको दम्भमा एमाले पार्टीसँग मिलेर यस अघि नजिर बनेका समितिबाट समेत आफूलाई हटाएको आरोप लगाउनु भयो । कार्यक्रममा नेपाली काँग्रेश, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एस, संघीय लिम्बुवान मञ्चका नेतृत्वले नगरले गल्ति नसच्याए आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकै सवैभन्दा धेरै धान खेती हुने झापामा चैते धानको खेती बर्षेनी घट्दै (फाेटाे फिचर)
Next post नेपालमा नयाँ भेरियन्ट देखा परेकाले सवै वेलैमा सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह