रामेछापकाे दुर्घटनामा परी ५ जनाकाे मृत्यु, ११ जना घाइते
२३ चैत्र २०७९,रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मन्थलीबाट भटौली तर्फ जाँदै गरेको बा ११ च ५द५३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको घटना स्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा मन्थली नगरपालिका–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ तामाङ रहेका छन् । यसैगरी उपचारकाेक्रममा चालक मन्थली नपा ७ कै ५० बर्षीय दलबहादुर अालेमगरकाे पनि ज्यान गएकाे छ ।
दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएका छन् ।