गुह्येश्वरी सामाजिक सस्थाकाे अगुवाइ राेपियाे एक हजार बिरुवा

२२ जेष्ठ २०८०,कमल– विश्व वातावरण दिवशकाे अवसरमा झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा  १ हजार विरूवा राेप्ने कार्य भएकाे छ । कमल वडा नं. ५ मा गुह्येश्वरी सामाजिक सस्थाले विश्व वातावरण दिवसको अवसरमा पाडाजुँगी चोक उत्तर हिमाली मार्ग हुदै जगनाथी होली सम्म करिब एक हजार कल्की जातका विरुवा रोपेको थियो । डिवीजन बन कार्यालय झापाको सिफारिसमा डिवीजन वन कार्यालय धनकुटाले सहयोग स्वरुप उपलव्ध गराएकाे विरुवा सामाजिक व्यक्तित्वहरूबाट राेपण कार्य भएकाे छ । 

२१ बाहिनी अड्डाका बाहिनीपति धन बहादुर थापाकाे प्रमुख आतिथ्यमा औपचारीक कार्यक्रम गरी सुरु भएको सो कार्यक्रममा  सशस्त्र प्रहरी वल शिक्षालयका डि.एस.पि. लोकेन्द्र सुवेदी,३८ नम्बर गणका डि.एस.पि. महेशराज बिष्ट,इलाका प्रहरी कार्यालय दमकका डि.एस.पि.मनोज कुमार लामा, जनप्रतिनिधि, कमल गापा शिक्षा समिति सदस्य साथै स्मारिका स्कुलका प्रिन्सिपल गुणराज गिरी, स्थानीय सहकारी सस्थाका अध्यक्षहरू,पूर्व वडाध्यक्ष, शिक्षक, समाजसेवी, महिला समूह, बाल क्लब, स्काउट लगायतकाे उपस्थितिमा वृक्षाराेपण गरिएकाे विधालयका शिक्षक मदन अधिकारीले जानकारी दिनु भयाे । 

कार्यक्रममा प्रमुख अतिथि थापाले बढ्दो वातावरण प्रदुषण लाई न्युनिकरण गर्नका निमित्त संस्थाले सञ्चाल गरेको बृक्षारोपण कार्यक्रम देशभर सवै सामाजिक संस्था गर्न सके वातावरणकाे संरक्षणमा टेवा पुग्ने बताउनु भयाे । साथै उहाँले रोपिएका विरुवाको संरक्षणका निमित्त आवश्यक परे वाहिनी अड्डाले पनि सहयोग समेत गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

संस्थाका अध्यक्ष गोपाल बहादुर निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सहयोग गर्नका निमित्त नेपाली सेना,सशस्त्र प्रहरी बल समेत सहभागिता रहेको छ।संस्थाका सल्लाहाकार समिति सदस्य विष्णु प्रसाद खनालका अनुसार यस्ता कार्यक्रम दिवशकाे अवसरमा मात्र नभइ वृक्षाराेपण गर्न उपयुक्त समय भरी संचालन गर्नु पर्ने बताउनु भयाे ।

वातावरण संरक्षणका गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’ मनाईन्छ । यो वर्ष ‘प्लास्टिक प्रदूषणलाई हराऔँ ’ भन्ने मुल नाराका साथ विश्वभर यो दिवस मनाईयो । नेपालमा पनि ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस देशका विभिन्न स्थानमा मनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा बर्षेनी विस्तार हुँदै सुपारी खेतीः मुल्य बढे पछि किसान थप उत्साहित
Next post माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा एमालेकाे सरकार अल्पमतमा