पहिरोमा परी ओखलढुङ्गाको चम्पादेवीमा एकै घरका तीन जनाको मृत्यु

८ असार २०८०,ओखलढुङ्गा– ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८ मा गएराति वर्षासँगै झरेको पहिरोले ३ घर बगाउँदा ३ को मृत्यु र १ बेपत्ता भएका छन् । पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी दीपबहादुर केसीका अनुसार स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी १८ महिनाकी छोरी कृतिका गुरुङको शव पुरिएको अवस्थामा फेला पारेर बाहिर निकालिसकिएको छ ।

रणबहादुरकै श्रीमती २९ वर्षीय शिवमाया गुरुङको शव पहिरोले पुरिएको अवस्थामा फेला परेकाे छ । रणबहादुरका १० वर्षीय छोरा दिनेश गुरुङ भने हालसम्म वेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोबाट स्थानीय रणबहादुर गुरुङ, बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको हो । अन्य दर्जनौँ घरमा क्षति पुगेको छ । पहिरोले रणबहादुरको परिवारमा मानवीय क्षति भए पनि अन्य घरका परिवार भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी पुगेको छ । केही दिन अघि देखि पूर्वी नेपालकाे पहाडी जिल्ला बाढी र पहिराेमा पर्न थालेकाे छ । यस अघि ताप्लेजुङ, पाँचथर, भाेजपुर र संखुवासभामा गरी दर्जन हाराहारीकाे मृत्यु भएकाे छ भने २७ जना अझै वेपता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खर्च नहुँदा ओछ्यानमै थलाः सहयोग जुटे बाँच्ने थिएँ विश्वकर्मा (भिडियाे कथा)
Next post मनकामनामा नजिकै जन्ति बाेकेकाे बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १२ जना घाइते