सुन प्रकरणमा थप ३ चिनिया पक्राउः सुन गाले पछि ६० किलो ७१६ ग्राम ताैल

३० साउन २०८०,काठमाडौं– सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन् ।

चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । हिजाे देखि सुन गाल्ने कार्य थालिएकाे छ ।

ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएपछिको तौल ६० किलो ७१६ ग्राम भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकालेको हो । तौल सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महाशाखाका अधिकारीले उक्त जानकारी दिनु भएकाे छ ।  गालेपछि सुनका ३४ बिस्कुट बनेको छ । सुनको गुणस्तर कति हो भन्नेबारे ३ देखि ७ दिनसम्ममा पत्ता लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काठ तस्करीमा २ वटा ट्क्याक्टर सहित ३ जना पक्राउ
Next post एमालेको संसद अवरुद्ध अब हटाइनु पर्छः सह–महामन्त्री डीना