१५ असोज २०८०, मोरङ्ग– आइसीयुमा राखेको श्रीमतिलाई हेरेर फर्कदैं गरेका ७२ बर्षीय भिम ब. राईले श्रीमतीको स्वास्थ्यको कामना गरेर फर्किएको १ घण्टा पनि नवित्दै आफै कालको मुखमा पुग्नु पर्यो । त्यो पनि आश्चर्यजनक ढंगबाट । आफ्नै छोराले चलाएको मोटर साईकलबाट लडेर उहाँको लडेर मृत्यु हुन पुग्यो । १२ दिन अघि मुटुमा समस्या देखा परे पछि धरानको घोपामा उपाचरत श्रीमति गोमा देवी राईलाई हेरेर फर्कँदै गर्दा बाटोमा खाल्डो जोगाउन खोज्दा बृद्ध राई लडेको सडकमा राखिएको सीसी क्यामेराको फुटेजमा देखिएको इलाका प्रहरी कार्यालय वेलबारीले जानकारी दिएकाे छ ।

चुलाचुली गाउँपालिका वडा नंं ५ का राईलाई सडकमा लड्न साथ विराटनगरको कोशी अञ्चल अस्पताल पुर्याइएको थियो । तर अस्पतालले उहाँलाई उपचार नै हुन नपाउँदै मृत घोषणा गर्यो ।
यो घटना सोमबारका दिन पूर्व पश्चिम राजमार्ग अन्तर्गत वेलबारी नगरपालिका वडा नं. २ लालभिती पेट्रोल पम्प अगाडि भएको घटना हो । सडकमा खाल्डो भएको कारण खाल्डोलाई जोगउन खोज्दा भएको घटनाले राईको ज्यान गएको सीसी क्यामेराको फुटेजमा देखिएको छ ।
आमालाई अस्पतालमा हेर्न जानु भएको बुवा घरै फर्कन नपाई अस्पतालको मृत्यु शय्यामा छाडेर आउनु पर्छ भनेर नसोचेको घटनाले सडकमा यात्रा गर्दा सवैले सचेत हुनु पर्ने शोकमा परेका आफन्तले बताएका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।
