१७ कार्तिक २०८०, सारासन्देश समाचार
झापाको दमक वडा नं. ३ मा विधुत सर्ट हुँदा एउटा घर जलेर नष्ट भएको छ । आज अपरान्ह साढे एक बजे तिर विधुत सर्ट भएर आगलागी हुदाँ धनमाल र घर सहित ३० लाख रुपयाँ भन्दा धेरैको क्षति भएको आगलागी पीडित लक्ष्मण महतले जानकारी दिनु भएको छ ।

एक्कासी घरमा आगलागी हुन थाले पछि दमक र उर्लाबारीबाट गएका ३ वटा दमकल झण्डै २ घण्टाको समयमा आगो नियन्त्रणमा लिएको आगलागी नियन्त्रणमा खटिनु भएका दमक नगरका कर्मचारी धनकुमार लिम्बुले जानकारी दिनु भयो । आगलागीमा नगद १ लाख ७, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको अग्नी पीडित परिवारको भनाइ छ ।
