0 0
Read Time:1 Minute, 23 Second

१९ फाल्गुन २०७७, काठमाडौं– नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच बुधबार साँझ सकरात्मक ढंगबाट वार्ता सकिएको छ ।

वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो । ‘वार्ता विषय केन्द्रित रह्यो,’ उहाँको भनाइ छ, ‘दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

सरकार विप्लव नेकपाबीच बुधबार बिहान पनि वार्ता भएको थियो ।

दुवै चरणको वार्ताको नेतृत्व सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्नुभएको थियो । बार्ता सकरात्मक बन्दै गएकाे टाेलीले जानकारी दिएकाे छ । जसकाे परिणााम चाँडै सार्वजनिक गरिने बताइएकाे छ ।

सरकार र विप्लव समूहले मंगलबार मात्र अलग अलग वार्ता टोली गठन गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *