नेपालमा आज निकाे हुने र संक्रमितकाे संख्या ८७, सांसदहरूले पनि लगाए खाेप

१९ फाल्गुन २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ६ सय ५ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

यसैगरी नेपालमा आज थप ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ३ सय ९९ जनाको गरिएको पीसीआर परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको मृत्यु भएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका निकायहरुको तथ्यांकका आधारमा गत वर्षमा कोरोना संक्रमणबाट २ सय ३३ जनाको मृत्यु भएको रेकर्डसमेत मन्त्रालयले थप गरेको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

यसैगरी नेपालमा दाेस्राे चरणकाे खाेप लगाउने कार्य शुरू भएकाे छ । आज काठमाण्डाैंमा सांसदहरूले काेराेना खाेप लगाएका छन् । निर्धक्क भएर खाेल लगाउन साँसदहरूले आग्रह समेत गरेका छन् ।

कोरोना विरुद्धको खोप अभियानमा आज संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा, राष्ट्रियसभा र सचिवालय मातहतका पदाधिकारी, मन्त्री र कर्मचारीहरूले खाेप लगाइएका हुन् ।

यस अभियान अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले आजै खोप लगाउनु भयो । यसैगरी नेकपा प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिभिल अस्पताल पुगी खोप लगाउनु भएको छ । त्यस वखत अध्यक्ष प्रचण्डले खोपको विकास र उपलव्धता ठूलो उपलव्धी भएको वताउनु भयो ।

यसैगरी प्रचण्ड(नेपाल समूहका अर्का नेता माधव कुमार नेपालले पनि आजै कोरोना विरुद्धको खोप लगाउनुभो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेकपाबीचकाे वार्ता सकरात्मक बन्दै
Next post ताप्लेजुङकाे दाेभानमा भएकाे आगलागीमा ४९ घर नष्टः विवरण संकलन जारी